प्रदेश पाँचको राजधानी भालुवाङ बनाउने प्रस्ताव दुईतिहाइले पारित, कांग्रेसमा फ्लोर क्रस – Janadesh Daily | ePaper

प्रदेश पाँचको राजधानी भालुवाङ बनाउने प्रस्ताव दुईतिहाइले पारित, कांग्रेसमा फ्लोर क्रस


जनादेश, बुटवल ।

प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।

कांग्रेसका सांसदले गरे ह्विप उल्ङ्घन

पाँच नम्बर प्रदेशको राजधानी दाङ बनाउने प्रस्तावको विपक्षमा १३ मत मात्रै परेको छ । कांग्रेसका सांसदले ह्विप उलंघन गरी पक्षमा मद दिएपछि विपक्षमा रहेका सांसद कम भएका हुन् ।

८७ सांसदमध्ये ६१ नेकपाका, ६ जनता समाजबादीका, ६ जना कांग्रेसका र १ जना जनमोर्चाका सांसदले दाङको पक्षमा मत दिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्