मुम्बई प्रहरीको खुलासाः सुशान्तको आत्महत्यापछि ८० हजार फेक अकाउण्ट – Janadesh Daily | ePaper

मुम्बई प्रहरीको खुलासाः सुशान्तको आत्महत्यापछि ८० हजार फेक अकाउण्ट


एजेन्सी ।
भारतीय प्रहरीले बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि ८० हजार भन्दा धेरै फेक अकाउन्ट खोलिएको पाइएको छ।

अनुसन्धानमा खटिएको मुम्बई प्रहरी तथा महाराष्ट्र सरकारको कामलाई बदनाम गर्न ती फेक अकाउण्ट खोलिएको खुलासा गरेको छ ।

३४ वर्षे बलिउड अभिनेता सुशान्तले आत्महत्या गरेको मिती जुन १४ पछाडि विभिन्न प्रकारका सामाजिक सञ्जालमा फेक अकाउन्टहरु बनेको र प्रहरीको अनुसन्धानमा प्रभाव पारेको पाइएको छ।

मुम्बई प्रहरीका कमिस्नरले साइबर सेलमा अनुसन्धान गर्न र सूचना प्रविधि ऐनअनुरुप मुद्दा चलाउनको लागि निर्देशन दिएका छन्।

मुम्बई प्रहरीको साइबर एकाईले तयार पारेको रिपोर्टमा सामाजिक सञ्जालमा पोस्ट भएका सामाग्रीहरु विभिन्न देशहरुबाट पोस्ट भएको भेटिएको छ। त्यस्ता फेक पोस्टहरु इटाली, जापान, पोल्याण्ड, सोल्भेनिया, इन्डोनेशिया, टर्की, थाइल्याण्ड, रोमानिया र फ्रान्सबाट पोस्ट भएका भेटिएका छन्।

मुम्बई प्रहरीलाई लक्षित गरी धेरैओटा फेक अकाउन्ट खोलिएका छन्। उनीहरुलाई सूचना प्रविधि ऐन मार्फत कारवाही गर्नको लागि प्रक्रिया अगाडि बढाइँदैछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्