बाबुराम भट्टराईको प्रश्न- ‘पहिचानको आधारमा प्रदेशको नाम राख्न नहुने कहाँको मार्क्सवाद हो?’ – Janadesh Daily | ePaper

बाबुराम भट्टराईको प्रश्न- ‘पहिचानको आधारमा प्रदेशको नाम राख्न नहुने कहाँको मार्क्सवाद हो?’


जनादेश विशेष ।

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रदेशका नाम पहिचानको आधारमा राख्नेप्रति अनुदार व्यवहार देखाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

अमेरिकामा अलाक्सा, अरिजोना, उताह, भारतमा तामिलनाडु, बंगाल, पंजाब आदि अधिकांश जाति/भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने तर्क निराधार र पूर्वाग्रही रहेको बाबुराम भट्टराईको टिप्पणी छ ।

ट्वीटरमा बाबुरामले प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न किन नहुने भन्दै प्रश्न गरेका छन्।

‘प्रदेशका नाम नदी,भूगोलको पहिचानमा मात्र राख्नपर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने?’उनले प्रश्न गरेका छन्,‘यो कहाँको मार्क्सवाद,लोकतन्त्र,संघीयता हो?’

 

बाबुरामले जाति, भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने अनौठो मान्यता देखिएको बाबुरामको भनाई छ ।

उनले सोधेका छन्, “अमेरिकामा अलाक्सा, अरिजोना, उताह, भारतमा तामिलनाडु, बंगाल, पंजाब आदि अधिकांश जाति/भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने?”

बाबुरामलाई भूपी शेरचनलाई सम्झेका छन् । ‘हिजो मगरात,तमुवान,ताम्सालिंग, नेवा: स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी,गण्डकी,बागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो : ‘मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर, बाँच्न झन् गाह्रो छ!’ सरी लली रोका, सुरेश वाग्ले..!’

प्रदेश पाँचको नाम मंगलबारको प्रदेशसभाबाट लुम्बिनी राखिएपछि बाबुरामको यो प्रतिक्रिया आएको हो ।

नेपालमा भूगोल र नदीको आधारमा प्रदेशको नामाकरण गरिएको छ। जसअनुसार प्रदेश नं. ३ ले बागमती, प्रदेश नं. ४ ले गण्डकी, प्रदेश नं. ५ ले लुम्बिनी, प्रदेश नं ६ ले कर्णाली, प्रदेश नं. ७ले सुदूरपश्चिम नामाकरण गरेका छन् भने प्रदेश नं. १ र २ को नामाकरण हुन बाँकी रहेको छ।

जनता समाजवादी पार्टीले मंगलबार प्रदेश ५ को नामकरण ‘अवध–थारुवान–मतरात’ राख्ने पक्षमा मत दिने गरी संशोधन दर्ता गराएको थियो। तर उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

तत्कालीन माओवादीले जातीय र ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नाम राख्ने तर्क राख्दै आएको थियो । तर पछि भने यी विषयबारे मौन रहन थालेको थियो । बाबुराम भट्टराईले दोश्रो संविधानसभाले संविधान जारी गरेपछि माओवादी छोडेको घोषणा गरेका थिए ।

यो पनि हेर्नुस्- 

एकाविहानै बाबुराम भट्टराईको आक्रामक ट्वीटः ‘राष्ट्रवाद’माथिको क्रूर ब्यंग्य!

कुलमानलाई नियुक्त नगरेपछि बाबुराम भट्टराईले सम्झाए लाटोबुंगोको कथा 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्