उप्रेतीको ‘घुम्दै फिर्दै अमेरिकामा’ – Janadesh Daily | ePaper

उप्रेतीको ‘घुम्दै फिर्दै अमेरिकामा’


काठमाडौँ ।

img

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको नयाँ नियात्रा कृति ‘घुम्दै फिर्दै अमेरिकामा’ प्रकाशित भएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक उप्रेतीको तेह्रौँ कृति हो ।

कविता लेखनबाट साहित्ययात्रा आरम्भ गरेका साहित्यकार उप्रेतीका यसअघि ‘स्मृतिका छालमा इटाली’ (यात्रा संस्मरण), ‘दृष्टिकोणका विविध बिसाउनी’, ‘व्यक्ति, कृति र प्रवृत्ति’ (समालोचना), ‘तिब्बतमा दश दिन’ (नियात्रा), ‘देश देशान्तर’ (नियात्रा) र ‘चक्रव्यूह’ (कविता) लगायत १२ कृति प्रकाशित छन् ।

‘घुम्दै फिर्दै अमेरिकामा’ नियात्रा कृतिभित्र नियात्राकार उप्रेतीले विसं २०६६ मा अमेरिकाका विभिन्न स्थानमा गरेका यात्राका विविध अनुभव र अनुभूति समेटिएका छन् । जम्मा २० शीर्षकमा लेखिएका उप्रेतीका नियात्राहरूले अमेरिकी परिवेशका साथै अमेरिकी–नेपाली समाज र संस्कृतिको इतिवृत्त उतारेेेेका छन्। रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्