फरार महिला पक्राउ – Janadesh Daily | ePaper

फरार महिला पक्राउ


कञ्चनपुर ।


विष खुवाएर ज्यान मार्ने उद्योग कसुर गरी फरार रहेकी बेलडाँडी गाउँपालिका–१ की २६ वर्षीया समिरा चन्दलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । तीन वर्षअघि नाबालकलाई विष खुवाई ज्यान मार्ने उद्योग गरी फरार रहेकी चन्दलाई घरमै लुकीछिपि बसेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

ज्यान मार्ने उद्योग कसुरमा चन्दलाई उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले विसं २०७४ भदौ २० गतेको फैसलाअनुसार पाँच वर्ष कैद सजाय तोेकेको थियो । अदालतले कैद तोकेपछि चन्द फरार रहेकी थिइन् । पक्राउ परेकी चन्दलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्