चोरीका मोटरसाइकलसहित दुई युवक पक्राउ    – Janadesh Daily | ePaper

चोरीका मोटरसाइकलसहित दुई युवक पक्राउ   


जलेश्वर ।

महोत्तरी प्रहरीले मङ्गलबार चोरीका मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

उनीहरुले आइतबार जिल्लाको सम्सी गाउँपालिका–७ स्थित मन्दिर नजिकबाट भारत बिहारको सीतामढी जिल्ला भेडियाही ग्रामपञ्चायत बस्ने गोविन्द यादवको बीआर ३० एफ ६४३८ को मोटरसाइकल चोरी गरेर मङ्गलबार सोही मोटरसाइक चढेर सम्सीबाट गौशालातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

चोरीका मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई मङ्गलबार नै चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाइएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्