प्रदेश १ मा ३४३ कोरोना सङ्क्रमित थप – Janadesh Daily | ePaper

प्रदेश १ मा ३४३ कोरोना सङ्क्रमित थप


विराटनगर ।

पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश १ मा ३४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा १६२ मध्ये विराटनगर १३७, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज थपिएका सङ्क्रमितमा महिला १३६ र पुरुष २०७ छन् भने विराटनगरमा महिला ५७ र पुरुष ८० छन् ।

अहिलेसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ४४७ पुगेको छ भने आज १० जनासहित चार हजार १३२ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ३१० जनासहित अहिलेसम्ममा प्रदेशमा एक लाख ३० हजार ६७१ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्