पाँच दशकपछि अमरकोशःको दोस्रो संस्करण | Janadesh Daily | ePaper

पाँच दशकपछि अमरकोशःको दोस्रो संस्करण


काठमाडौँ ।


नेपाल प्रज्ञा–प्रतिष्ठानले ऐतिहासिक महत्वको ग्रन्थ ‘अमरकोशः’को दोस्रो संस्करण प्रकाशन गरेको छ । विद्वद्वरामरसिंहविररचितः ‘अमरकोशः’ ५१ वर्षपछि दोस्रो संस्करण प्रकाशन भएको हो । सो ग्रन्थको प्रथम संस्करण साहित्यकार बालकृष्ण सम प्रतिष्ठानमा उपकुलपति भएका बेला विसं २०२६ मा प्रकाशन भएको थियो ।

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले महत्त्वपूर्ण ग्रन्थ आवश्यकताका आधारमा पुनः प्रकाशन गर्ने नीतिअनुसार पं कुलचन्द्र शर्मा गौतम टीकाकार रहनुभएको ‘अमरकोशः’को दोस्रो संस्करण प्रकाशनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले यस ग्रन्थबाट भाषा र कोशविज्ञानका अनुसन्धाताका साथै अन्य विषयका अध्येतासमेत लाभान्वित हुने बताउनुभयो । जम्मा ६८८ पृष्ठको ‘अमरकोशः’को मूल्य रु ७८० छ । प्रतिष्ठानले आफ्ना कृतिहरु सातै प्रदेशमा बिक्रीवितरणका लागि मकालु प्रकाशनलाई अख्तियारी दिएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्