एप्पल आइफोन-१२ आगामी साता आउने, विशेषता कस्ता कस्ता – Janadesh Daily | ePaper

एप्पल आइफोन-१२ आगामी साता आउने, विशेषता कस्ता कस्ता


एजेन्सी ।
एप्पलको बहुप्रतिक्षित आइफोन-१२ आगामी साता आउने भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आइफोन-१२ अक्टोबर १३ अर्थात मंगलबार सार्वजनिक हुने छ।

लञ्चिङ इभेन्ट नेपाली समय अनुसार मंगलबार राति १०:४५ बजेबाट सुरु हुनेछ । त्यस्तै एप्पलको वेबसाइट, एप्पल टिभी एप र युट्युबमा समेत प्रत्यक्ष प्रसारण गरिने छ ।

एप्पलले सार्वजनिक गरेको पोस्टरका अनुसार कार्यक्रम अमेरिकी समयअनुसार बिहान १० बजे एप्पल पार्कमा आयोजना हुनेछ।

के हुनेछन् त नयाँ आइफोनका विशेषता
बहुप्रतिक्षित आइफोन ट्वेल्भ सिरिजका स्मार्टफोनसँगै ओभर-इयर हेडफोन लगायतका डिभाइस सार्वजनिक हुने अपेक्षा गरिएको छ। आईफोन ट्वेल्भ सिरिजमा चारवटा स्मार्टफोन सार्वजनिक हुनेछन्, जसमा आईफोन मिनी, प्रो र म्याक्स हुन सक्ने छन् ।

आइफोन १२ को डिजाइन एप्पलको १० वर्ष पुरानो आइफोन जस्तै हुनेछ।

आइफोन १२ को डिजाइन आइफोन ४ बाट भने प्रभावित हुनेछ।पछिल्लोपटक सार्वजनिक भएको एक समाचार अनुसार एप्पलका खबरहरु सार्वजनिक गर्ने चर्चित ब्लगर बेन गेस्किनका अनुसार नयाँ आइफोनको डिस्प्लेमा निकै सानो आकारको नच हुनेछ।

फोनको डिस्प्लेको माथिल्लो भागमा सानो ब्लाक बार हुनेछ, जसमा सेल्फी क्यामरा र फेस आइडी सेन्सर रहनेछन्।एप्पलले झण्डै १० वर्षअघि आइफोन फोर सार्वजनिक गरेको थियो। सन् २०१० मा लञ्च भएको आइफोन फोरकै डिजाइनबाट एप्पलको आगामी आइफोन १२ प्रभावित हुनेछ।

आइफोन १२ मा एप्पलले पहिलोपटक क्वाड क्यामरा अर्थात् चारवटा मूख्य क्यामरा भएको फिचर राख्नेछ। त्यसमा एउटा वाइड एंगल क्यामरा, एउटा अल्ट्रा वाइड, एउटा टेलिफोटो र अर्को टिओएफ क्यामरा सेन्सर हुनेछ। आइफोन १२ मा ५.४ इञ्च तथा ६.७ इञ्चका दुई मोडेल आउने बताइएको छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्