यस्तो गरे काखी गन्हाउने समस्याबाट पाइन्छ छुट्कारा – Janadesh Daily | ePaper

यस्तो गरे काखी गन्हाउने समस्याबाट पाइन्छ छुट्कारा


गर्मी मौसममा अत्यधिक पसिना आउछ । जसका कारण मानिसमा काखी गन्हाउने समस्या देखिने गर्दछ । धेरै जसो मानिस आफ्नो कामको शिलशिलामा बाहिर हिडिरहनु पर्ने बाध्यता हुन्छ । यस्तो बेलामा मानिसको काखीबाट निस्किएको पसिना अत्याधिक गन्हाउने गर्दछ । तर, यस समस्याको हल भने नभएको होइन । विभिन्न उपाए अपनाएमा हामीले काखी गन्हाउने समस्या हटाउन सक्दछौँ ।

सरसफाई
काखी गन्हाउने समस्या भएका मानिसहरुले दैनिक काखी सफा गर्नुपर्दछ । सम्भव भएसम्म बाहिर निस्किनु भन्दा अघि नुहाए अथवा काखी सफा गरे उत्त्म हुन्छ ।

सुती कपडाको प्रयोग
काखी गन्हाउने समस्या भएकाहरुले हावा छिर्ने सुती वा फाईबरको कपडा लगाउनु पर्दछ । यसले अन्य कपडाको तुलनामा शरीरमा हावा छिर्न नपाउने समस्याबाट बचाउँछ ।

पानी र फलफूल
यो समस्या भएकाहरुले प्रसस्त मात्रामा पानी वा फलफूल खाने गर्नु पर्दछ । प्रर्याप्त पानी पिएमा पसिना गन्हाउने समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ ।

खाने कुरा
पसिना गन्हाउने समस्या भएकाहरुले कफी, जंक फुड, तारेका खाना खानु हुदैन । यस्ता खानाले पसिना ग्रन्थीलाई सक्रिय बनाउँछ र अत्यधिक पसिना आउने र गन्हाउने हुन्छ ।

 छाँयामा बस्ने
अत्याधिक पसिना आउने मानिस शितलमा बस्दा कम पसिना आउने गर्दछ । जसका कारण काखी गन्हाउने समस्याबाट बच्न सकिन्छ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्