जन्म र मृत्युमा चामल – Janadesh Daily | ePaper

जन्म र मृत्युमा चामल


खलङ्गा ।


जन्म र मृत्युको बेला दिईने २० किलो चामल जुम्लामा प्रभावकारी बन्दै गएको छ । साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले जन्म र मृत्युको बेला उक्त परिमाणको चामल दिने गर्छ ।

हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले केही राहतको महसुस भएको तिला गाउँपालिका–१ धनराज रावतले बताउनुभयो । गत आर्थिक वर्षको साउनसम्म जन्मको अवसरमा जिल्लाका आठवटै स्थानीय तहबाट ११४ जनालाई र मृत्यु भएका ४२ जनालाई चामल वितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख तिलक सुनारले बताउनुभयो ।

आव २०७६÷७७ मा जन्म भएको अवसरमा प्रदान गरिने चामल १०१ जनालाई र मृत्यु भएका छ जनालाई चामल वितरण गरेको शाखा प्रमुख सुनारले बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्ला शाखा कार्यालयबाट मृत्यु र जन्मका अवसरमा गत आवामा ३३८ र यो आव १०७ जनालाई रु तीन लाख ९८ हजार ३६० रकम वितरण गरीएको छ । उक्त चामल ढुवानीका लागि एक लाख ५८ हजार ८ सय रकम दिएको शाखा प्रमुख सुनारले बताउनुभयो ।

सरकारले निर्णय गरेको यो सुविधा लिनका लागि खाद्य कम्पनी जुम्लाले ३५ दिनको अवधि राखेर जन्मको हकमा बच्चा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिस र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपिका आधारमा चामल र ढुवानी रकम प्रदान गर्दै आएको छ । कार्यक्रमअन्तर्गत चन्दननाथ नगरपालिका आसपासका गाउँका स्थानीय बासिन्दालाई रु ५०० दिइएको छ भने तिला, सिञ्जा, हिमा र कनकासुन्दरी बासिन्दालाई एक हजार रकम भुक्तानी गर्दै आएको खाद्य कम्पनी शाखा जुम्लाले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्