कानमा लामो रौं छ भने सावधान हुनुस्, यस्तो रोग हुनसक्छ – Janadesh Daily | ePaper

कानमा लामो रौं छ भने सावधान हुनुस्, यस्तो रोग हुनसक्छ


एजेन्सी ।

गाउँ घरमा जसको कानमा रौं हुन्छ उनीहरुलाई कन्जुस हुने मानिन्छ । कतिपयले कानमा रौं हुनेहरु अत्याधिक बाठो हुने ठान्छन् । अझै कतिपय समुदायमा कानमा रौं भएमा आयु लामो हुने विश्वास पनि गरिन्छ ।

तर बैज्ञानिकहरुको शोधले भने अर्कै कुराको संकेत गरेको छ । यदि तपाइँको कानमा लामो लामो रौं छन् भने होस् गर्नुस् तपाइँ गम्भिर रोगको शिकार हुने खतरा हुन सक्छ ।

हालै गरिएको एक शोधमा कानमा लामो लामो रौं हुनेहरुलाई हृदय रोगको खतरा बढी हुन्छ । खासगरी सामान्य भन्दा लामो आकारको रौं कानमा बाक्लो छ भने त्यस्ता ब्यक्तिलाई हृदयघातको खतरा समेत उच्च हुने अध्यनको निष्कर्ष छ ।

कानमा रौं हुने समस्या बंशाणुगत भन्दा बढी अहिलेको जीवन शैली र आहार विहारका कारण हुने बैज्ञानिकहरुको बुझाइ छ । सिगरेट पिउनेहरुमा यो समस्या उच्च देखिएको समेत उनीहरुले बताएका छन् ।

शोधका अनुसार तपाइँको कान र हृदयघातको गहिरो सम्बन्ध छ । सन् १९७३ मा डाक्टर सान्डर्स टी फ्रान्क र उनको टिमले अधिकाँश हृदयघातको समस्या हुनेहरुको कानमा लामो रौं हुने गरेको तथ्य बाहिर ल्याएका थिए ।

यदी तपाइँको कानमा पनि लामो रौं छ वा रौं लामो हुँदै गएको अनुभव गर्नु भएको छ भने सावधान हुनुस् ।

 

यो पनि हेर्नुस् – विहान उठ्न गाह्रो हुन्छ ? सावधान रहनुस् यी ४ रोग हुन सक्छ

वास्तु शास्त्रः घरमा राख्न अशुभ मानिन्छ यी ६ तस्विर 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्