विद्यालय पुनः बन्द हुने क्रम बढ्दै, कोरोना संक्रमणका कारण घोराहीमा २० दिन विद्यालय बन्द – Janadesh Daily | ePaper

विद्यालय पुनः बन्द हुने क्रम बढ्दै, कोरोना संक्रमणका कारण घोराहीमा २० दिन विद्यालय बन्द


चन्द्रप्रकाश नेपाली, घोराही ।

कोरोना संक्रमणले झन पछि झन भयाभह रुप लिदै जान थाले पछि दाङका पालिकामा बिद्यालय पुनः बन्द गर्ने क्रम बढ्दै जान थालेको छ । कोरोना महामारीका कारण लामो समयदेखि स्थगित बालबालिकाको अध्ययनलाई असोज १ गतेबाट बिभिन्न बैकल्पिक बिधिहरु अपनाउदै बिद्यालय सञ्चालनमा आएका थिए , १ महिना पनि सञ्चालमा आउन नपाउदै फेरी बिद्यालय बन्द हुन थालेका छन् ।

घोराही उपमहानगरपालिकाले पनि कोरोना संक्रमणको दर बढेको भन्दै सामुदायिक र संस्थागत विद्यालयहरु २० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको आईतबार बसेको बैठकले नगर भित्र दैनिक कोरोना संक्रमण बढ्दै गएकाले यस्तो निर्णय गरेको नगरले जनाएको छ । असोज १ देखी बैल्पिकरुपमा सञ्चालनमा आएका घोराहीका बिद्यालय आज असोेज २६ गनेदेखी कार्तिक १५ गते सम्मका लागि सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ ।

घोराही उपमहानगरपालिकाले असोज १ गते देखी अस्थायी सिकाई केन्द्रकारुपमा सबै विद्यालयहरुमा सिकाई सहजिकरण क्रियाकलापहरु सञ्चालन गर्दै आएका छन्, तर अव भौतिकरुपमा बालबालिकालाई बिद्यालयमा उपस्थित गराई अध्ययन गराउन नगरले प्रतिबन्ध लगाएको छ ।

आईतबार नगरका कार्यबहाक प्रमुख भरतमणि अर्यालको अध्यक्षतामा बसेको बैठकले समुदाय स्तरमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कार्तिक १५ गते सम्म सिकाई केन्द्रमा भैरहेको सहजिकरणका क्रियाकलाप बन्द गर्ने निर्णय भएको सदस्य सचिब एवं शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिएका छन् ।

त्यसैगरी, कक्षा ११ को परिक्षा समेत स्थगन गर्ने बैठकले निर्णय गरेको छ । तर शिक्षा महाशाखा एवं विद्यालयहरुको दैनिक प्रशासनिक काम भने सूचारु राख्ने निर्णय भएको छ । घोराही उपमहानगरपालिकामा अहिले सम्म ५ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ति मध्य ३ सय ९६ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै उता बबई गाउपालिकामा वडा नम्वर ६ मा पनि हिजोबाट बिद्यालय बन्द गरिएको छ । समुदाय स्तरमा कोरोना देखिएपछि बबई गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय र विद्यालयहरु समेत हिजोबाट एक हप्तालाई बन्द गरिएको छ । उता प्यूठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा कारोना भाइरसको संक्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरेको हो ।।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्