तपाइँलाई पसिना आउँछ कि आउँदैन, आउँदैन भने हुन सक्छ यी ५ जोखिम | Janadesh Daily | ePaper

तपाइँलाई पसिना आउँछ कि आउँदैन, आउँदैन भने हुन सक्छ यी ५ जोखिम


गर्मिमा पसिना आउनु सामान्य कुरा हो । तर कतिपय ब्यक्तिलाई गर्मीमा पनि पसिना आउँदैन । पसिना आउनु समस्या जस्तो लागेपनि खासमा शरीरका लागि पसिना आउनु एकदम जरुरी छ । किन भने पसिनाले तपाइँ स्वस्थ भएको संकेत गर्छ ।

विशेषज्ञहरुका अनुसार पसिनाको साथमा हाम्रो शरीरमा रहेको असुद्धी त्वचाको रौंको प्लाबाट निस्किन्छ । यसले त्वचालाई पनि फाइदा पुग्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

एक अध्यनका अनुसार पसिना आउने ब्यक्तिहरु पसिना नआउनेको तुलनामा बढी स्वस्थ हुन्छन् । शरीरको नियमित प्रक्रियाका लागि पनि पसिना आउनु महत्वपूर्ण छ ।

शरीरमा पसिना नआउँदा के खतरा ?

१- यदि तपाइँको शरीरमा पसिना कम आउँछ वा आउँदै आउँदैन भने खतराको संकेत हो । जसलाई पसिना आउँदैन उनीहरुको शरीरको तापक्रम कम हुन सक्दैन । किन भने पसिनाले नै शरीरको आन्तरिक तापमान नियन्त्रित राख्छ ।

२- कमै मान्छेलाई थाहा छ कि शरीरमा आउने पसिनाले हाम्रो रोगसँग लड्ने क्षमता बढ्छ । किन भने पसिनाले शरीरमा भएका विषाक्त पदार्थ बाहिर ल्याउँछ । पसिना नआउने ब्यक्ति छिटो विरामी पर्ने सम्भावना बढी हुन्छ ।

३- पसिना नआउने ब्यक्तिलाई एक प्रकारको छालाको रोग हुने सम्भावना अत्याधिक हुन्छ । पसिनाबाट शरीरमा भएको विषाक्त पदार्थ बाहिर निस्किन पाएन भने यसले छालामा संक्रमण गर्न सक्छ । रौंको प्वलामा जमेका धुलाका कण समेत रोगको कारण बन्न सक्छन् ।

४- पसिनाको माध्यमबाट हाम्रो शरीरमा बढी भएको लवड अर्थान नुन बाहिर निस्किन्छ । जसलाई पसिना आउँदैन उनीहरुको शरीरमा सल्ट र क्याल्सियमको मात्रा बढी हुने र यसले किड्नीमा स्टोनको खतरा बढी हुन्छ ।

५- तपाइँलाई पसिना आउँदैन भने शरीरमा घाउ हुँदा त्यो भरिन समय लाग्छ । पसिनासँगै उत्पन्न हुने स्वेद ग्रन्थिमा हुने स्टेम सेल्सले घाउ भर्न मद्दत गर्छन् । यसरी पसिना नआउनु शरीरका लागि घातक हुन सक्छ ।

 

यो पनि हेर्नुस्-

स्वास्थ्य सुझावः विहानमा गर्नै हुँदैन यी ५ गल्ती

वास्तु शास्त्रः पर्समा राख्नुस् यी ४ कुरा कहिल्यै हुँदैन खाली 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्