ड्रग्स प्रकरण शान्त भएसँगै अर्नव गोस्वामीविरुद्ध उर्लियो बलिउड – Janadesh Daily | ePaper

ड्रग्स प्रकरण शान्त भएसँगै अर्नव गोस्वामीविरुद्ध उर्लियो बलिउड


एजेन्सी ।

हिन्दी सिनेमा उद्योगका निर्माताहरूको संगठन प्रोडियूसर गिल्ड अफ इण्डियासहित चार संगठन तथा ३४ सिनेमा निर्माताले अर्नव गोस्वामी, प्रदीप भण्डारी र उनको च्यानल रिपब्लिक टिभी तथा टाइम्स नाउका राहुल रविशंकर र नविका कुमार विरूद्ध दिल्ली हाई कोर्टमा याचिका दायर गरेका छन्।

उनीहरूमाथि गैर जिम्मेवारीयूक्त र अपमानजनक टिप्पणी गर्न रोक्नुपर्ने माग गरिएको छ । करण जोहर, शाहरूख खान, सलमान खान, अनिल कपुर, विशाल भारद्वाज, अजय देवगन, रोहित शेट्टी पिक्चर्ससहितका कयौं स्टारका निर्माण कम्पनीसहित यशराज फिल्म्स, विनोद चोपडा फिल्म्स, एक्सेल इन्टरटेन्मेन्टको साथमा सिने टिभी आर्टिस्ट एसोसिएशन, द फिल्म एण्ड टेलिभिजन प्रोडियूसर काउन्सिल र स्क्रिन राइटर्स एसोसिएशनले एकसाथ मिलेर उजुरी दिएका हुन्। बलिउड उद्योग र कलाकारमाथि अपमानजनक गैरजिम्मेवारीयुक्त टिप्पणी तथा मिडिया ट्रायल गरिएको उजुरीमा उल्लेख छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्