बाथरुममा गर्नु हुँदैन यी काम, विरामी परिन्छ – Janadesh Daily | ePaper

बाथरुममा गर्नु हुँदैन यी काम, विरामी परिन्छ


बाथरुम मानिसको सबैभन्दा निजी समय विताउने स्थान पनि हो । मानिसहरु बाथरुम गएर फ्रेश हुन्छन् । तर बाथरुमा बस्दा सचेत हुनु पर्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

हालै गरिएको एक अध्यनका अनुसार तपाइँले बाथरुममा फल्स गरेपछि त्यसलाई ठिक तरिकाले बन्द गर्नु भएन भने त्यसबाट चुहिने साना साना थोपा सहितको पानीले ६ फिट सम्म किटाणु फैलाउन सक्छ ।

तपाइँले बाथरुममा ब्रस गरिसकेपछि केवल पानीले मात्र ब्रस धोएर सफा गर्नु हुन्छ भने तपाइँ गलत गर्दै हुनु हुन्छ । घाम नभएको स्थानमा सुकेको ब्रसमा किटाणुको बढी संक्रमण हुन्छ । यसले तपाइँमा रोग जन्माउन सक्छ ।

नुहाएर शरीर पुछेको रुमाल बाथरुममै सुकाउने बानी कहिल्यै पनि नगर्नुस् । यसो गर्दा ब्याक्टेरियाको आक्रमण हुन सक्छ । घाममा सुकाएको कपडा मात्र स्वस्थ मानिन्छ ।

बाथरुम बन्द गरेर धेरै बेर बस्नु हुँदैन । यहाँ नूनको मात्रा बढी हुन्छ । बाथरुम बन्द राख्नु परे पनि एक फ्यान जोड्नु राम्रो हुन्छ ।

फोनको प्रयोग बाथरुममा नगर्नुस् । यस्तो गर्दा किटाणुहरु फोनमा आउँछन् । स्वास्थ्यका लागि समस्या हुन सक्छ ।

बाथरुममा नाङ्गै खुट्टा नुहाउने बानी छ भने आजै देखि छोड्नुस् । बाथरुमको चिसो भुँइँमा एक वर्ग इन्चमा २० लाख भन्दा बढी ब्याक्टेरिया हुन्छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्