झलनाथ खनाल बिरामी, अस्पतालको इमर्जेन्सीमा भर्ना भएर उपचार – Janadesh Daily | ePaper

झलनाथ खनाल बिरामी, अस्पतालको इमर्जेन्सीमा भर्ना भएर उपचार


जनादेश, काठमाडौं ।

नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएपछि बुधबार उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको छ ।

नेता खनालई प्रेसर र स्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पारिवारिक श्रोतले जनादेशलाई जानकारी दियो । हाल उनको उपचार सुरु भइसकेको अस्पतालले जानकारी दिएको छ। कतिपयले उनी डिस्चार्ज भैसकेको बताएपनि जनादेशले पुष्टि गर्न सकेन ।

खनाल यस अघि उपचारका लागि चीन गएका थिए । गम्भीर प्रकृतिको थाइराइडका कारण उनी उपचारका लागि चीन गएका थिए । उनलाई पहिले देखि नै थाइराइडको समस्या थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्