हृदयघातबाट बँच्नका लागि यो हुनसक्छ अचुक उपाय – Janadesh Daily | ePaper

हृदयघातबाट बँच्नका लागि यो हुनसक्छ अचुक उपाय


बैज्ञानिकहरुले दिनमा केवल ७ मिनेट मात्र पनि दौडिने ब्यक्तिलाई हृदयघात वा मस्तिस्क घातबाट ५५ प्रतिशत सुरक्षित हुने बताएका छन् । दिनमा केवल ७ मिनेट दौडिने ब्यक्तिको मुटुको समस्या धेरै हद सम्म कम हुने अध्यनले देखाएको हो ।

अमेरिकी सरकार र विश्व स्वास्थ्य संगठनले हप्तामा ७५ मिनेट दौडिने ब्यक्तिलाई मुटु सम्बन्धी समस्या कम हुने निर्देशिका जारी गरेका छन् । अध्यनकर्ताहरुले १८ देखि १०० वर्ष सम्मका ५५ हजार १ सय ३७ बयस्कहरुमा १५ वर्ष सम्म यो अध्यन गरेका थिए ।

नदौडिनेहरुको तुलनामा दौडिने ब्यक्तिहरु मुटूका कारण हुने मृत्युबाट ४५ प्रतिशतले सुरक्षित रहेको अध्यनका क्रममा पाहियो ।

नदौडिने ब्यक्तिहरु भन्दा दौडिने ब्यक्ति ३ वर्ष बढि बाँचेको समेत यो अध्यनमा पाहियो । यसका शोधकर्ताहरुले सबै मानिसहरुलाई दौडिनका लागि प्रोत्साहित गर्नु पर्ने देखिएको बताए ।

दौडिँदा खेरी जुनसुकै उमेर वा स्वास्थ्य अवस्थाका ब्यक्ति र निरन्तर धुम्रपान वा मदिरापान गर्नेहरुलाई समेत फाइदा पुगेको उनीहरुको भनाइ छ ।

अध्यनका क्रममा ५१ मिनेट भन्दा कम दौडिने, ६ माइल भन्दा पनि कम दौडिने र हप्तामा १-२ दिन मात्र दौडिनेहरु पनि दौडिँदै नदौडिने ब्यक्तिको तुलनामा सुरक्षित रहेको पाहियो ।

आइओवा विश्वविद्यालयका प्राध्यापक एवं यो अध्यनका लेखक डिसी लीले हप्तामा आधा घण्टा दौडिने ब्यक्ति पनि तुलनात्मकरुपमा बढी बाँच्ने बताए ।

 

यो पनि हर्नुस्- 

विहान उठ्न गाह्रो हुन्छ ? सावधान रहनुस् यी ४ रोग हुन सक्छ 

स्वस्थ पुरुषका लागि अनिवार्य मानिन्छन् यी ८ खाना

स्वास्थ्य सुझावः विहानमा गर्नै हुँदैन यी ५ गल्ती 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्