विश्वका ४ करोड २ लाख मानिसलाई कोरोना, ९० लाख सक्रिय, ७१ हजार गम्भीर – Janadesh Daily | ePaper

विश्वका ४ करोड २ लाख मानिसलाई कोरोना, ९० लाख सक्रिय, ७१ हजार गम्भीर


एजेन्सी ।

विश्वमा कोरोना भाइरसका संक्रमितको संख्या ४ करोड २ लाख नाघेको छ । गत २४ घण्टामा ३ लाख २४ हजार भाइरस संक्रमित थपिएपछि कुल संक्रमित संख्या ४ करोड २ लाख ४ हजार नाघेको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख १८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख १८ हजार १ सय भन्दा बढी पुगेको वर्ल्डोमिर्टर्सको तथ्याङ्कले देखाएको छ ।

९० लाख सक्रिय संक्रमित मध्ये ७१ हजार ९ सयभन्दा बढी गम्भीर अवस्थामा छन् । संक्रमितमध्ये ३ करोड १ लाख ८ हजारभन्दा बढी निको भएका छन् ।

कुन देशमा कति संक्रमित र मृत्यु

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८३ लाख ८७ हजार नाघेको छ । गत चौबीस घण्टामा त्यहाँ ४४ हजार संक्रमित थपिएका छन् भने ४ सय भन्दा बढीको मृत्यु भएको छ ।


त्यस्तै दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७५ लाख ४८ हजार नाघेको छ । त्यहाँ चौबीस घण्टामा ५५ हजार संक्रमित थपिएका छन् भने ५ सय भन्दा बढीको मृत्यु भएको छ ।

यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख ४८ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।
त्यहाँ चौबीस घण्टामा १० हजार संक्रमित थपिएका छन् भने २ सय भन्दा बढीको मृत्यु भएको छ ।

विश्वमा ३ करोड १ लाख संक्रमितले कोरोना जितेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्