देशभर थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु – Janadesh Daily | ePaper

देशभर थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु


जनादेश, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, आज थप ४ हजार ५ जना डिस्चार्ज भएसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख १५ हजार ६७५ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

आज देशभर थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्