ओली ‘रअ’ बाट परिचालित – Janadesh Daily | ePaper

ओली ‘रअ’ बाट परिचालित


आफूलाई चर्को राष्ट्रवादी भनी देखाउन खोज्ने नेपालको प्रधानमन्त्री ओलीले भारतीय ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेट्ने कार्यले गर्दा ओलीको राष्ट्रवाद भारतसामु लम्पसारवाद भएको हो । ओलीको रअको अघि घुँडा टेक्ने कार्यले नेपालमा तरङ्ग पैदा गरिदिएको छ ।

यो ओलीको कार्य देखावटी भारतीयविरोधी राष्ट्रवाद र नेपाललाई कूटनीतिको नाममा शीर झुकाउने काम भएकाले गर्दा ओलीको राष्ट्रवादको समेत मुखुन्डोको पर्दाफास भएको छ । भारतका गुप्तचर प्रमुख समन्तकुमार गोयल भारतीय सेनाको एयरफोर्सको जहाजमा चढेर नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यले गर्दा देश कूटनीतिक रुपमा धराशायी भएको अवस्था छताछुल्ल भएको छ ।

यसभन्दा अघि नेपालको राजनीतिक नेताहरु दिल्ली धाएर नेपालको प्रतिष्ठामाथि चोट पुर्‍याउने काम गरेकोमा अहिले प्रधानमन्त्री स्वयमले भारतीय गुप्तचरलाई आफ्नो कुटनीतिक मर्यादाको ख्याल नै नराखी खुलेआम भेटवार्ता गर्नुले नेपालको कुटनीति धराशायी भएको देखिएको छ ।

यसरी एउटा देशको गुप्तचर संस्थाले प्रधानमन्त्री जस्तो माथिल्लो पदमा राखिएको र जनताबाट निर्वाचित रहेको शक्तिशाली पदीय प्रधानमन्त्रीले आफ्नो पदको लागि र भारतीयहरुको आशिर्वाद पाउनको लागि खुलेआम रुपमा मर्यादा विपरित भेट गर्नुले राष्ट्रवादी र देशभक्त नागरिकको लाग लज्जासपद् विषय भएको छ ।

यो कार्यले स्वभिमानी नेपालको हृदयमा गहिरो चोट प्ु¥याएको छ । साथै, प्रधानमन्त्री ओलीको ठूलाठूला कुरा गरी आफूलाई राष्ट्रवादी देखाउने काम गरेकोमा अहिलेको यो घटनाले ओलीको राष्ट्रवाद पनि देखिएको छ ।

यो भारतको रअको प्रमुखले रातारात ३ घण्टासम्म भेटघाटले काठमाडौंमा हलचल पैदा भएको छ । भारतसँग सीमा समस्या भइरहेको अवस्थामा र नेपालले कुटनीतिक वार्ताको लागि बारम्बार चिट्ठी लेख्दासमेत कुनै प्रतिक्रिया नदिएको र संवादहीनताको स्थिति रहेको अवस्थामा आफ्नो मर्यादाविपरीत भारतका जासुसी संस्थाका प्रमुखलाई आफैले बोलाएर प्रधानमन्त्रीले भेट्ने काम गरेकाले भारतसामु नेपाल र नेपालीको झुकाउने काम भएको छ ।

नेपालमा सत्तारुढ दल नेकपाभित्र विवाद चुलिएको अवस्था भएकोमा कर्णाली प्रदेशको मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको बेलामा भएको तथा चीन–नेपालबीच सीमा समस्याको प्रश्न उठिरहेको समयमा, प्रधानमन्त्री केपी शर्मा ओलीले रअलाई बोलाएर भेट्ने कामले गर्दा प्रधानमन्त्री ओलीको हैसियतमा प्रश्न गएको छ ।

उनी भारतको रअको इशारामा पनि यी सबै कार्य गरिरहेको हुन् कि रु भन्ने समेत प्रश्न उठेको छ । साथै, रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाएर आफै रक्षामन्त्रालयको मन्त्री भएको अवस्थामा यसरी रअको प्रमुखलाई बोलाएर भेटघाट गर्ने कार्यले गर्दा अन्य किसिमको सैनिकसम्बन्धी आशंका समेत पैदा भएको देखिन्छ ।

प्रधानमन्त्री आफैले रक्षामन्त्रालयको जिम्मा लिएर सेनाबाट हुनसक्ने विरोधलाई निष्तेज गर्नका लागि रक्षामन्त्री ईश्वर पोखरेललाई हटाएर आफै प्रधानमन्त्रीले रक्षामन्त्रीको कार्यभार लिनुले समेत यिनै रअको ईशारामा भएको कार्य थियो भन्ने सवाल पनि पैदा भएको छ ।

साथै, नेपालको भारतसँग जोडिएको सीमाक्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय सेनाले उपस्थिति बढाएको, नेपालको भूमिमा परेड लेखिरहेको अवस्थामा प्रधानमन्त्री निवासमा रअको प्रमुखलाई स्वागत गरिने कार्य भएको छ ।

‘रअ’ भनेको छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्नका लागि निर्माण गरिएको ‘रिसर्च एण्ड एनालाइसिस विङ’ का प्रमुख सामन्तकुमार गोयलले राती ९ बजेदेखि तीनघण्टासम्म भेटघाट गर्ने कार्यलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र जसुसी गर्ने कार्य भएको भनि यसको सर्वत्र विरोध भएको हो ।

सामन्तकुमार गोयललाई नेपालमा भेटघाटको लागि बोलाएको कुरा सत्तारुढ दलकै अध्यक्ष पुष्पकमल दाहाल र नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई समेत जानकारी दिएको थिएन ।

गुप्तरुपमा बालुवाटार दरबारमा बोलाएर भेटघाट गरेकाले यो कार्य नेपाल कम्युनिष्ट भित्र रहेको आन्तरिक विवादको साथै नेपाल–भारतको सीमासम्बन्धी विवादलाई गम्भीर किसिमको भारतसँगको सम्झौता गर्ने प्रयासको रुपमा पनि रहेको अनुमान गरिएको छ । यसले निकट भविष्यमा नै नेपालको आन्तरिक मामिलामा गहिरो असर पार्ने सम्भावना समेत रहेको छ ।

यसैले गर्दा माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सामन्तकुमार गोलय नेपाल आउने जानकारी समेत आफूमा नभएको कुरा प्रष्टि गरेका छन् । भारतलाई खुसी पार्नका लागि लिम्पियाधुरासमेत समेटिएको पुस्तक सार्वजनिक गर्न प्रतिबन्ध लगाउने काम प्रधानमन्त्री स्व्यमले गरेको तथा रक्षामन्त्रीको जिम्मा स्वयम आफूले लिने काम गरेको घटनाले गर्दा राष्ट्रवादी र स्वभिमानी नेपाली यस निर्णयबाट मर्माहित हुन पुगेको देखिन्छ ।

प्रधानमन्त्री ओलीले यो भारतको रअसँग भेट्ने काम अकास्मात नभई लामो तयारीपछि भएको र प्रधानमन्त्रीकै अनुरोधमा भारतीय जासुसी रअको प्रमुख नेपालमा प्रधानमन्त्रीलाइ सल्लाहदिनका आएकाले गर्दा प्रधानमन्त्री केपी शर्मा ओली कतै रअद्वारा सञ्चालित व्यक्ति त होइनन् ?

यसअघि भएको भारतीय सीमा विवादको कुरा उठाउनु कतै भारतकै ईशारामा ओलीलाई राष्ट्रवाद देखाउन गरिएको नाटक त थिएन रु सबै प्रयोजितत मात्र थिए भन्ने शंका समेत उत्पादित गरिदिएको छ ।

यसअघि भारतीय तर्फले नेपाललाई नाकाबन्दी गर्दा भारतीय प्रधानमन्त्रीले एकाएक ओलीलाई राष्ट्रवादी हिरो बनाउने कार्य गरेजस्तै अहिले ओलीले भारतसँगको सीमा विवादको कुरा उठाउनु र भारतीय ईशारामा आफूलाई प्रधानमन्त्री बाट हटाउन खोजेको भनि राष्ट्रवादी देखाउने प्रयास गरेको रुपमा हेर्न थालिएको छ ।

नेपालको राजनीति र कूटनीतिमा गुप्तचरीको प्रयोग गर्ने काम प्रधानमन्त्री ओलीले गरेको पाइन्छ । यसैले गर्दा उनको प्रधानमन्त्री बन्ने हैसियत समेत समाप्तभएको छ । उनको हैसियत पनि भारतीय गुप्तचर प्रमुखको समकक्षमा लगेर राखिदिएको छ ।

क्रूटनीतिमा आफ्नो समकक्ष सँग मात्र गरिन्छ । यसलाई रिसिप्रोसि भनिन्छ । प्रधानमन्त्रीले अर्को देशको प्रधानमन्त्री तथा उनको विशेष दूतसँग मात्र कुरा वा भेटवार्ता गर्ने नियम छ । तर, यहाँ स्वयम प्रधानमन्त्रीले अर्का देशको गुप्तचरलाई बोलाएर भेटवार्ता गरी प्रेसनोट निकालेर सार्वजनिक गरहहेका छन् ।

हयसले ओलीको हैसियत भारतीय गुप्तचर एजेन्ड सरहमात्र भएकाले ओलीले प्रधानमन्त्रीको हैसियत गुमाएको प्रष्ट देखिएको छ । ओलीले आफ्नो पदको लागि जे पनि गर्न सक्दछन् वा जे पनि गर्न तयार भएको कुरा यस विषयले पुष्टि गरेको छ ।

प्रधानमन्त्री ओली र भारतीय रअ प्रमुख सामन्तकुमार गोयलसँगको भेटवार्ता अकास्मात् भएको नभई दुई हप्ताको तयारीबाट भएको थियो । सोभन्दा अघि रअको उपप्रमुख नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका थिए ।

प्रधानमन्त्री ओलीकै चाहँनामा उनी नेपाल आएको थिए, तथा उनीसँग प्रधानमन्त्रीले रअको प्रमुखसँग भेट्न चाहना इच्छा व्यक्त गरेपछि सामन्तकुमार गोयल नेपाल आएर भेटघाट गरेका हुन् ।

यो व्यवस्था मिलाउनका लागि रअको प्रमुखको आगमन कूटनीतिक हैसियतमा गराउनका लागि नेपालबाट मिलाइएको थियो भने रक्षामन्त्रालय स्वयम प्रधानमन्त्रीले ग्रहण गरेका थिए । प्रधानमन्त्री स्वयमले रअको प्रमुखसँग भेटघाट गर्न चाहेकोले गर्दा सामन्तकुमार गोयल भारतीय सेनाको वायुसोको जहाज चडेर ३ घण्टा लामो अन्ध्यारोमा भेटघाट गरी सवेरै फर्किएका हुन् ।

दिउँसो वायुसेनाको जहाज चढेर काठमाडौंमा अपरान्ह १ बजे सामन्तकुमार गोयल, अरुण जैनसहित नौ जनाको टोली अवतरण गरेको थिए । सामन्तकुमार गोयलले बालुवाटार निवासमा प्रधानमन्त्रीलाई रातीको ९ बजेदेखि १२ बजेसम्म भेटघाट गरेको थिए र भोलि बिहानै नेपालबाट फर्किएका थिए ।

गोयलले क–कसलाई १ देखि ९ बजेसम्म भेटे भन्ने कुरा अहिलेपनि गुप्त राखिएको छ । यो गोयलको आगमनलाई पूर्वप्रधानमन्त्री माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीलाई जानकारी नदिएर गुप्त राखिएको देखिन्छ । यो नेपालको जननिर्वाचित प्रधानमन्त्रीले भारतीय गुप्तचर प्रमुखसँग बिताएको ३ घण्टा लामो भेटवार्ता सार्वभौम, स्वाभिमानी देशको लागि अँध्यारो पलको रुपमा लेखिएको छ ।

प्रधानमन्त्री स्वयमले प्रोटोकल मिचेर भारतीय गुप्तचर प्रमुखसँग ३ घण्टा लामो भेटवार्ताले नेपाली राजनीतिलाई तरङ्गित पारेको छ भने सत्तारुढ पार्टीभित्र र बाहिरसमेत यसको चर्को आलोचना भइरहेको छ ।

प्रधानमन्त्री ओलीले भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेपछि संवाहीनता तोडिएको भनि जनतालाई झुक्काउने काम गरिएको थियो ।

तर, यो वार्ताले कूटनीतिक संवाद सुरु भएको भनिएतापनि यो गलत शावित गर्न समय लागेन । नेपालले पठाएको विभिन्न कूटनीतिक पत्रसमेतलाई भारतले बेवास्ता गरी लिम्पियाधुरा क्षेत्रमा समेत बाटो बनाएर जोडतोडले काम गरिरहेको अवस्था रहेको छ ।

नेपालको सीमा भारतसँगको सीमा क्षेत्र कालापानीमा भारतीय सैनिकहरु थप जम्मा गरिएको छ । भारत र नेपालबीच राजनीतिक तथा कूटनीतिक तहमा अर्थपूर्ण संवाद हुन नसकेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो प्रोटोकल मिचेर भएपनि भारतीय ग्ुप्तचर संस्था रअका प्रमुखसँग भेट गर्नुलाई विशेष अर्थको रुपमा लिइएको छ ।

प्रधानमन्त्रीले कूटनीतिक मामिलामा गुप्तचर प्रवेश गराउने काम गरेका छन् । साथै,यही असोज ८ गते नेपालको भारतसँगको सीमा विवाद विदेशी इशारामा गरिएको भनी अभिव्यक्ति दिने भारतीय सेनाध्यक्ष मणिमुकुन्द नरवणे नेपाल आउने भएका छन् ।

भारतका सेनापति भएपनि नरवणे पहिलोपटक नेपाल आउने भएका हुन् । नरवणेले नेपालको सीमा विवाद, विदेशीको इशारामा अर्थात् चीनले उचालेर नेपाल–भारत सीमा विवाद अगाडि सारेको भनि अभिव्यक्ति दिएकोलाई बिर्सिएर उनलाई पनि स्वागत गरिने भएकाले नेपालीहरुको राष्ट्रवाद र स्वतन्त्र रुपमा निर्णय गर्ने कुरामा आघात परेको छ ।

यसले गर्दा नेपालको कूटनीति समान हैसियत राख्ने भारतअघि झुक्ने नीति प्रधानमन्त्री ओलीले लिएको देखिन्छ । उनी रअ र भारतीय सेनाको हस्तक्षेपलाई निम्ता दिने कार्य गरिहेका छन् र यसको पृष्ठभूमिमा भारतीय सेना नरवणेजस्ता रहेको छन् ।

छिमेकी राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र जासुसी गर्ने संस्था भनि बदनाम भएको यो संस्थाप्रमुख गोयल नेपाल बोलाएर प्रधानमन्त्रीले भेटघाट गर्र्नुले नेपालको आन्तरिक मामिलामा रअको हस्तक्षेपलाई खुला निम्ता दिएका छन् । यसअघि सिक्किममा त्यहाँका मुख्यमन्त्री लेन्डुब दोर्जेले यस्तै किसिमको भारतीय गुप्तचरलाई निम्ता दिई सिक्किम भारतभित्र विलय गरेका थिए ।

नेपालको सीमा क्षेत्रको भू–भाग भारतीय अतिक्रमणमा परेको र भारत सरकारले नपोलसँग यस सम्बन्धमा वार्तासमेत गर्न नचाहेको अवस्थामा नेपालले आफ्नो भूमि समेटेर नक्सा प्रकाशन गर्दा चीनको इशारामा यो कार्य गरेको भनी आरोप लगाउने भारतीय सेनापति मणिमुकुन्द नरवणेलाई ओलीले नेतृत्व गरेको रक्षामन्त्रालयबाट सम्मानार्थ महारथी उपाधि दिन नेपाल सरकारबाट आमत्रण दिनेसम्मका कार्य भएको छ ।

यसको साथै, प्रधानमन्त्री स्वयमले बोलाएर भारतीय गुप्चतर प्रमुखलाई आफ्नो सरकारी निवासमा लामो वार्ता गर्ने कार्यले नेपालको सविधानको व्यवस्था र नेपाल सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी को राष्ट्रिय हित, स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानम आधारित परराष्ट्र नीतिमा ठेस पुगेको छ ।

आफ्नो हैसियत बिर्सिएर आफेनो कुर्सी जोगाउन भारतीय रअको चक्रव्यूभित्र नेपाललाई लैजाने काम केपी शर्मा ओलीले गरेको छन् । यसले गर्दा नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा समेत आघात परेको छ ।

यस कार्यले गर्दा प्रधानमन्त्री ओलीले राष्ट्रको नेतृत्व गर्न सक्ने र नेपालको प्रतिष्ठालाई स्वतन्त्ररुपमा विश्वसामु प्रस्तुत गर्न सक्ने हैसियत समेत गुमाएका छन् । अहिले नेपालमाथि हस्तक्षेप निम्त्याउने तथा नेपालकोआन्तरिक मामिलामा विदेशीको हस्तक्षेप गराउने जुन कार्य गरिएको छ यसले गर्दा प्रधानमन्त्री ओलीको नेपाललाई नेतृत्व गर्ने हैसियत समेत गुमाएका छन् ।

यसले नेपालको स्वाभिमानमाथि धक्का पु¥याएको छ । यसैबाट मुक्त हुनका लागि केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट बर्खास्त गर्नु नेपाल र नेपालीको हितअनुकूल हुनेछ भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टीले समेत बुझ्न आवश्यक छ । अन्यथा नेकपाले नेपाली जनताको स्वभिमान कायम गर्न सक्दैन भन्ने कुरा स्थापित हुनसक्दछ ।

सबै विवादको जडहरु केपी शर्मा ओली नै भएको र उनको आफ्नो पद जोगाउन जे पनि गर्न तयार हुने मानसिकताले गर्दा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनु नै नेपाल, नेपाली र नेकपाको समेत हितमा रहेको कुरा बुझ्न जरुरी छ ।

सत्तारुढ नेकपाले यो रअसँग भेटेर गरेको हारगुहार नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गराएको कुराको जवाफ नेपाल कम्युनिष्ट पार्टीले दिनुपर्दछ । यो अवस्थालाई समयमा नै नरोकिएमा नेपाल पनि लन्डुप दोर्जेको नयाँ अवतार लिनसक्ने खतराप्रति सबैले बेलैमा सचेत हुन आवश्यक छ ।

संसारको सबैजसो स्वतन्त्र देश विदेशीको इशारामा चल्ने गर्दैनन् र आफूलाई कसैको सामु झुक्ने कार्य गर्दैनन् । सुरक्षा निकाय लगायत राज्य संयन्त्रहरु तथा देशको कूटनीति र विदेश सम्बन्ध पनि सोहीअनुरुप सञ्चालन गरिन्छ ।

तर, यी कार्यले गर्दा नेपालमा विदेशीको निर्देशनमा स्वतन्त्र हैसियतले कार्य गर्ने प्रणाली ओलीको कार्यले गर्दा नेपालमा छैन भन्ने कुरा पुष्टि गरेको छ । जसले गर्दा नेपालको स्वतन्त्र निर्णय गर्ने हैसियत पनि गुमाउन सक्ने स्थिति पुग्न सक्दछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्