मनोज गजुरेल पनि कोरोना संक्रमित, भन्छन्- शुभकामनाले निको हुन्छु – Janadesh Daily | ePaper

मनोज गजुरेल पनि कोरोना संक्रमित, भन्छन्- शुभकामनाले निको हुन्छु


जनादेश, काठमाडौं ।

चर्चित हास्यकलाकार मनोज गजुरेल पनि कोरोना संक्रमित भएका छन् । कलाकार गजुरेलले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका छन् ।

सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको रिपोर्ट सोमबार पोजेटिभ आएको उनले लेखेको ट्वीटमा उल्लेख छ ।

कोरोना पुष्टि भएपछि आफू सेल्फ आइसोलेसनमा रहेको जानकारी पनि गजुरेलले दिएका छन् ।

‘बिहिबारदेखि नै आइसोलेसनमा छु । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालनासहित घरेलु उपचारमा छौँ । मलाई अहिले गारो हुनेखालका सिमटम्स छैनन् तर, पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु’, गजुरेलले फेसबुकमा लेखेका छन् ।

गजुरेलले सचेत हुन सबैलाई आग्रह गरेका छन् । उनले नआत्तिन र चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमा बस्न भनेका छन्। कलाकार गजुरेलले कोरोना भन्दा आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा बलियो भएको भन्दै कोरोना जित्ने बताएका छन्।

‘मलाई विश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा भन्दा बलियो पक्कै छैन त्यसैले मैले यो भाइरसलाई मेरो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाइरसको हार झन् चाँडो हुनेछ’, उनले फेसबुकमा लेखेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्