अमेरिकी निर्वाचनको इतिहासमा सबैभन्दा बढी मत पाए बाइडेनले – Janadesh Daily | ePaper

अमेरिकी निर्वाचनको इतिहासमा सबैभन्दा बढी मत पाए बाइडेनले


एजेन्सी ।

अमेरिकी राष्ट्रपती निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अहिलेसम्मकै धेरै मत प्राप्त गरेका छन् । उनले अहिलेसम्म ७ करोड २० लाख ४९ हजार ३४१ मत प्राप्त गरेका छन् ।

यसअघि सबैभन्दा बढी मत सन् २००८ मा भएको निर्वाचनमा तत्कालीन राष्ट्रपतिका उम्मेदवार बारक ओबामाले पाएका थिए । ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए । तर, उक्त रेकर्ड तोड्दै बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनमा अहिलेसम्मकै सबै भन्दा बढी मत प्राप्त गरेका छन् ।

बाइडेनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्पले अहिलेसम्म ६ करोड ८५ लाख ६ हजार १६० मत प्राप्त गरेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्