एजेन्सी ।
भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिन न्यायीक हिरासतमा राख्न अनुमति दिइएको छ । दुई बर्ष पूरानो आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका गोस्वामीसहित अन्य दुई जनालाई अदालतले १४ दिनका लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।
गोस्वामीमाथि सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लागेको छ । गोस्वामीलाई भारतीय दण्ड विधानको धारा ३०६ को खण्ड ३४ अन्तर्गत हिरासतमा राख्ने आदेश दिइएको हो ।
रिपब्लिक टेलिभिजनका प्रधानसम्पादकसमेत रहेका गोस्वामीलाई बुधबार बिहान मुम्बईस्थित आफ्नै निजी निवासबाट पक्राउ गरिएको थियो ।