जनादेश, काठमाडौं ।
भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरिएको छ ।
शितल निवासमा आयोजना गरिएको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी हुन् ।
नेपाली सेनाको मानार्थ महारथीको पदवी लिन नरवणे बुधबार काठमाडौं आएका हुन् ।