बाइडेन विजयको नजिक, मतगणना रोक्न ट्रम्पको धम्की – Janadesh Daily | ePaper

बाइडेन विजयको नजिक, मतगणना रोक्न ट्रम्पको धम्की


जनादेश, काठमाडौँ ।

अमेरिकी राष्ट्रपती निर्वाचनमा हार बेहोर्नुपर्ने स्थिति देखिएपछि ट्रम्पले बारम्बार मतगणना रोक्न धम्की दिएका छन् । हालसम्मको मतगणना अनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाडडेन अग्र स्थानमा रहेका छन् ।

रिपब्लिकन पार्टीबाट चुनावी प्रतिस्पर्धामा रहेका ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा मतगणना रोक्न धम्की दिँदै आएका छन् । बाइडेनले हालसम्म २६४ इलेक्टोरल भोट प्राप्त गरेका छन् भने ट्रम्पले २१४ भोट मात्रै ल्याउन सफल भएका छन् । यस चुनावमा ट्रम्पले आफ्नोे पकड रहेको एरिजोना राज्यबाट समेत हार बेहोर्नु परेको छ । बाइडेनले ह्‍वाइट हाउस जानका लागि आवश्यक तयारी पनि थालिसकेको जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्