इटालीमा फेरि लडकाउन, रेड जोन क्षेत्रमा आउजाउ प्रतिबन्धित – Janadesh Daily | ePaper

इटालीमा फेरि लडकाउन, रेड जोन क्षेत्रमा आउजाउ प्रतिबन्धित


एजेन्सी ।

युरोपमा कोरोना भाइरसको दोश्रो लहर बढेपछि विभिन्न देशमा पुनः लकडाउन सुरु भएको छ । फ्रान्स र बेलायतपछि इटालीमा पनि फेरि लकडाउन घोषणा गरिएको छ ।

इटालीका विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी शुक्रबारदेखि दुई हप्तासम्म लकडाउन गरिएको हो ।

इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ। यी क्षेत्रहरु कोराना भाइरसको संक्रमण धेरै छ।

कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा कोरोनाले बढेको चाप कम गर्न लकडाउन गरिएको इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बताएका छन् ।

यसअघि इटालीमा पहिलोपटक गत मार्च महिना लकडाउन गरिएको थियो । लकडाउनको रेड जोन घोषणा गरिएका प्रदेशहरूबाट मानिसहरुलाई आउजाउ गर्न रोक लगाइएको छ ।

स्वास्थ्यसहितका अत्यावश्यक काममा भने सेल्फ प्रमाणीकरणको सर्टिफिकेटसहित बाहिर निस्कन दिइने जनाइएको छ ।

संक्रमणको संख्या अत्यधिक बढेसँगै इटालीका अस्पतालमा बिरामी राख्ने ठाँउको पनि अभाव हुन थालेको बताइएको छ ।

वर्ल्डो मिटर्सका अनुसार इटालीमा कोरोनाका कारण ४० हजार १९२ जनाको मृत्यु भएको छ । संक्रमित संख्या ८ लाख २४ हजार ८७९ छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ३४ हजार संक्रमित थपिएका छन् ।

यस अघि बेलायत, फ्रान्स लगायतका अन्य युरोपेली देशमा दोश्रो चरणको लकडाउन गरिएको छ । भाइरसको जोखिम बढेपछि विभिन्न देशमा दोश्रो चरणका लकडाउन हुन थालेका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्