अमेरिकी चुनावमा चीन के चाहन्छ ? चिनियाँ सामाजिक सञ्जालमा व्यङ्ग्यको बाढी – Janadesh Daily | ePaper

अमेरिकी चुनावमा चीन के चाहन्छ ? चिनियाँ सामाजिक सञ्जालमा व्यङ्ग्यको बाढी


जनादेश ग्लोवल वाच ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचन सम्पन्न भएर अन्तिम मत परिणाम आउन बाँकी नै छ । चीनसँग व्यापार युद्ध गरेका बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित हुने परिस्थिति बढिरहेको छ भने विपक्षी डोमोक्याटिक पार्टीका जो बाइडेन राष्ट्रपति बन्ने सम्भावना बढ्दै छ ।

अमेरिकामा चुनावी मत परिणाम आउन ढिलाई हुँदै गर्दा चीन लगायतका देशमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

ग्लोबल टाइम्सका अनुसार चीनको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल सिना वेइबोमा अमेरिकी चुनावबारे मजाकको क्रम बढेको छ ।

 ट्रम्पले हार्न लागेपछि धाँधली भएको र आदालत जाने बताइरहँदा चीनका सामाजिक सञ्जालमा मजाकको क्रम बढेको हो ।

चिनियाँहरुले ट्रम्पमाथिमात्र होइन अमेरिकी प्रजातन्त्र र मतदान र परिणामको प्रणाालीमाथि नै मजाक गरिरहेका छन् ।

त्यतिमात्र होइन अमेरिकी प्रजातन्त्रमाथि नै ट्रम्प आफैले प्रश्न उठाएको भन्दै चिनियाँ प्रणाली नै सहि भएको समेत दाबी चिनियाँहरुले गर्न थालेका छन् ।

अमेरिकी चुनावबाट चीन के चाहन्छ ?
चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूका लागि अमेरिकी राष्ट्रपतीय निर्वाचन विशेष चासोको विषय रहन्छ । तर चिनियाँ सञ्चारमाध्यममा निक्कै कम सामग्री मात्रै आउँछ।

अमेरिकाको स्वास्थ्य सङ्कटको तथ्याङ्कका साथसाथै त्यहाँको विरोधप्रदर्शन र निर्वाचन अभियान तथा विवादका दृष्यहरु चिनियाँ सञ्चार माध्यमले प्राथमिकताका साथ प्रसारण गरिरहेका छन् ।

आफ्नो व्यवस्थाप्रति चीनको बढ्दो आत्मविश्वासमा अमेरिकाको पछिल्लो चुनाव झनै सहायक सिद्ध भएको छ ।

२०१६ को निर्वाचन हुँदा विश्वको दोस्रो आर्थिक शक्ति बनिसकेको चीनलाई डोनल्ड ट्रम्पको सन्देश स्पष्ट थियो: सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्शनको भ्रमणपछि आरम्भ भएको अमेरिका-चीन व्यापारलाई प्रयोग गरेर चीनले अर्थिक शक्ति बन्न गलत काम गरिरहेको छ।

ट्रम्पले निर्वाचित भएपछि पनि चीनलाई त्यसैगरी हेरे र त्यसकै परिणाम कुनै बेला अमेरिकाले तीन खर्ब ६२ अर्बको सामानमा भन्सार शुल्क लगायो।

जो बाइडेनले उपराष्ट्रपति हुँदा चीन भ्रमण गरेर चिनियाँ राष्ट्रपतिसँग भेटेका थिए । कतिपय चिनियाँ मिडियामा बाइडनले जित्दा चीनलाई सहज हुने भन्दै फरबिडन सिटीको नाममा मजाक बनाएका छन् ।

यो चुनावमा चीनले अमेरिकामा जसले जितेपनि त्यहाँको कथि प्रजातान्त्रिक व्यवस्था कति कमजोर र अव्यवस्थामा जेलिएको छ भन्ने उजागर गर्न चाहन्छ । चीन ट्रम्पले जति कडा कुरा गरेपनि उनी कमजोर छन् र अमेरिकालाई थप कमजोर बनाउने मान्छे हुन् भन्ने निष्कर्षमा रहेको विश्लेषकहरुको भनाई छ ।

ट्रम्पको निरन्तरता हुँदा अमेरिका कमजोर भएर फाइदा हुने र बाइडेन आउँदा स्थिर नीति भएको अमेरिकासँग सहज हुनेहुँदा दीर्घकालमा दुवै नतिजाले चीनलाई लाभ नै हुने समेत कतिपयको तर्क छ । बाइडेनले पेरिस क्लाइमेटबाट बाहिरिने ट्रम्प प्रशासनको निर्णय आफ्नो कार्यकाल सुरु हुनासाथ उल्ट्याउने बताइसकेका छन् । यसको अर्थ उनको कार्यकालमा ट्रम्पले अख्तियार गरेका नीतिहरु उल्टिन्छन् भन्ने निश्चित छ । चीनसँगको सम्बन्धमा पनि टकराव कायमै रहेपनि स्थिरता आउने अपेक्षा गरिएको छ ।

यो पनि हेर्नुस्- अमेरिकालाई चीनको चेतावनीः अनर्गल प्रचारले सम्बन्ध समाप्त हुन सक्छ

८५ करोड मानिसलाई गरिवीबाट मुक्त गरेको चीनले चार दशकमा गरेको चमत्कार (फिचर)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्