जनादेश, काठमाडौँ ।
प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्षबीच भेटवार्ता प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न बुधबार नेपाल आएका नरवाणेसँग ओलीले शिष्टाचार भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको बताएका थिए। उनले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास ब्यक्त गरे। राष्ट्रपति विद्यादेवी भण्डारीले नारवणेलाई बिहीबार नेपाली सेनाको मानार्थ महारथीको पदवी दिएकी थिइन् ।