प्रचण्डले राखेको अनौपचारिक सचिवालयको निष्कर्ष : ओलीले बैठक बोलाउनै पर्छ – Janadesh Daily | ePaper

प्रचण्डले राखेको अनौपचारिक सचिवालयको निष्कर्ष : ओलीले बैठक बोलाउनै पर्छ


जनादेश, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाकेको सचिवालयको अनौपचारिक बैठक सकिएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक बैठक बोलाउन मनाउने निर्णय गरेको छ ।

यस अघि औपचारिक सचिवालय बैठक बोलाउन आग्रह गर्दा ओलीले त्यसो गरिए पार्टी फुटको अन्तिम बिन्दु हुने चेतावनी दिएको जानकारी बैठकमा प्रचण्डले गराएका थिए । बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतम सहभागी थिए।

महासचिव बिष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा बादल भने बैठकमा सहभागी भएनन्। बैठकले सचिवालयको औपचारिक बैठक बोलाउन ओलीलाई संयुक्तरुपमा लिखित अनुरोध गरिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्