एजेन्सी ।
स्पेनिस ला लिगा फुटबलमा स्पेनिस क्लव बार्साले शानदार प्रदर्शन गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ५–२ को जित दर्ता गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १–१ को बराबरी भए पनि दोस्रो हाफमा बार्सिलोनाले चार गोल थपेको हो । उसका लागि २२ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा सानाब्रियाले रियल बेटिसका लागि बराबरी गोल फर्काए । ४९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरि बार्सिलोनालाई पुनः अग्रता दिलाए ।
६० औँ मिनेटमा म्यान्डी सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल बेटिस १० खेलाडीमा सीमित भयो । थप खेलाडीका रुपमा मैदान छिरेका लियोनल मेस्सीले ६१ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे ।
उनले ८२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । त्यसअघि मोरोनले ७३ औँ मिनेटमा रियल बेटिसका लागि दोस्रो गोल गरेका थिए । ९० औँ मिनेटमा गोन्जालेजले गोल गरेपछि बार्सिलोनाले ५–२ ले जित दर्ता गर्न सफल भएको हो । जितपछि आठौँ स्थानमा पुगेको बार्सिलोनाको सात खेलबाट ११ अंक भएको छ ।