प्रदेश १ मा कोरोना उपचार निः शुल्क | Janadesh Daily | ePaper

प्रदेश १ मा कोरोना उपचार निः शुल्क


मोरङ ।


प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् ।
सो केन्द्रको क्षमता एक सय श्यया हुने र यसमा एचडिओ र अक्सिजनसहितको सेवा हुने जनाइएको छ । सो उपचार केन्द्र तिहार आगाडि सञ्चालन हुने छ ।

प्रदेश सरकारको दुई करोड, महानगरपालिका २५ लाख र नागरिक समाजको थप लगानीमा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र सुविधासम्पन्न एचडिओ र एयरकन्डिशनसहितको केन्द्र निर्माण द्रुतगतिमा अगाडि बढिरहेको छ । लक्षणसहितका सङ्क्रमितहरुलाई उपचार केन्द्र राखिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज उपचार केन्द्रको अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्माण भइरहेको उपचार केन्द्रबाट सङ्क्रमितहरुको उपचारमा सहज हुने जनाउँदै प्रदेश सरकारद्वारा सञ्चालित सबै अस्पताल र केन्द्रमा सङ्क्रमितको उपचार निःशुल्क हुने बताउनुभयो । उहाँले सङ्घीय , प्रदेशले संयुक्तरुपमा यस केन्द्रको हाताभित्र थप एक सय श्ययाको भेन्टिलेटरसहित विशिष्टीकृत सेवासहितको उपचार केन्द्र निर्माणको केही दिनभित्र शुरु गर्ने र झापाको मेची अस्पतालमा ५० श्ययाको भेन्टिलेटरसहितको केन्द्रमा निर्माण भइरहेको जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समितिका कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले नागरिक समाजले सङ्क्रमितको उपचारमा आगामी दिनमा थप सहयोग गर्ने बताउनुभयोे । उहाँले नयाँ निर्माण हुने भेन्टिलेटर उपचार केन्द्रमा २० श्यया सहयोग गरेको जानकारी दिनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्