ओलीलाई कारवाही हुनेबारे गोकुल बाँस्कोटाको ट्वीट, भन्छन्- पत्यार लागेन – Janadesh Daily | ePaper

ओलीलाई कारवाही हुनेबारे गोकुल बाँस्कोटाको ट्वीट, भन्छन्- पत्यार लागेन


जनादेश, काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली अफ्ठेरोमा पर्दै गएको बेला ओलीका प्रियपात्र पूर्वमन्त्री गोकुल बाँस्कोटाले व्यंग्यात्मक ट्वीट गरेका छन् ।

ओली पार्टीका सबै कमिटिमा अल्पमतमा परेर विवाद बढिरहेको समयमा बाँस्कोटाले ओलीमाथि पार्टीले कारबाही गर्न लागेको सुनेको तर पत्यार नलागेको भन्दै व्यंग्य गरेका हुन् ।

‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारवाही गर्ने तयारी छ रे,’ बाँस्कोटाले भनेका छन्, ‘भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब।’

नेकपाभित्र अध्यक्ष ओली पार्टी निर्णयविपरित एकलौटी ढंगले चलेको आरोप लगाउँदै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेता उनीसँग रूष्ट छन् ।

बुहमत सचिवालय सदस्यले ओलीलाई सचिवालय बैठक डाक्न दिएको समयसीमा गुज्रिदा पनि निर्णय नभएपछि प्रचण्डले बैठक बोलाउने तयारी गरेका छन् ।

यो पनि हेर्नुस् – नेकपा विवादः अल्टिमेटम ओलीले मानेनन्, सचिवालय बैठक डाक्दै प्रचण्ड 

र, यो पनि- सफल भएको कोरोना खोपबारे थाहा पाउनै पर्ने केही कुरा, नेपालको तयारी के

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्