किन जाँदैछन् ओली चीनसँग जोडिएको किमाथाङ्का – Janadesh Daily | ePaper

किन जाँदैछन् ओली चीनसँग जोडिएको किमाथाङ्का


जनादेश वाच ।

पार्टीमा बैठक बोलाउन अस्वीकार गरिरहेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलील आज (बुधबार) चीनसँग सिमाना जोडिएको पूर्वी विन्दु पुग्दैछन् ।

प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत बिहान चीनसँग सिमाना जोडिएको उत्तरी क्षेत्रको किमाथांका पुग्ने कार्यक्रम छ।

संखुवासभा जिल्ला प्रशासन कार्यालयका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणका लागि जिल्लामा तयारी तीव्र पारिएको छ।

के हो उद्देश्य
प्रधानमन्त्री ओलीले किमाथांकामा चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका १ मा पर्ने किमाथांकाका साथै सीमा सुरक्षा पोस्ट (बीओपी) का लागि निर्माणधीन भवन, भन्सार कार्यालय र सुक्खा बन्दरगाहलगायत अवलोकन गर्ने कार्यक्रम छ।

यसैगरी प्रधानमन्त्री ओलीले बहुचर्चित ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पनि अनुगमन गर्नेछन्।

ओली आज किमाथांका जाने कार्यक्रम भएका कारण नै नेकपाको बैठक भोलि बस्ने अनुमान गरिएको छ । हिजो (मंगलबार) नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक विहीबारका लागि राख्न प्रस्ताव गरेका थिए । ओली आज संखुवासभा जाने भएका कारण बैठक भोलिका लागि प्रस्ताव गरिएको हो । यद्यपि ओली अझै पनि बैठक राख्न तयार छैनन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्