एजेन्सी ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिँदा डोनाल्ड ट्रम्पको नाम रहेको पाहिएपछि आलोचना भएको छ।
बेलायत सरकारले ‘प्राविधिक गल्ती’ का कारण पृष्ठ भूमिका ‘ट्रम्प’ देखिएको स्पष्टिकरण दिएको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले जोन्सनको सन्देशमा ट्रम्पको नाम रहेको खुलाएका थिए ।
गाइडो फावकेस वेबसाइटले जोन्सनको सन्देशमा ‘दोस्रो कार्याकाल’ भन्ने शब्द पनि रहेको बताएको छ । अधिकारीहरुले चुनावको नतिजा पूर्व दुई सन्देश तयार पारिएको बताएका छन् । गल्तीका कारण अर्को सन्देशमा विजयी हुनेलाई दिएको सन्देश ‘इम्बेड’ भएको उनीहरुको भनाई छ ।
बाइडेन विजयी हुने पक्का भएसँगै ट्वीटबाट बधाई दिएका जोन्सनले सोमबार टेलिफोन गरेर शुभकामना दिएका थिए ।
जोन्सोन र ट्रम्पको सम्बन्ध राम्रो रहेको थियो । ट्रम्पले जोन्सोन निर्वाचित भएपछि बेलायतमा पनि ट्रम्प निर्वाचित भएको बताएका थिए ।
यो पनि हेर्नुस्- ह्वाइटहाउस प्रवेशमा बाइडेनको आक्रामक तयारी, अमेरिकीलाई अपील- मास्क लगाउनुस्
पूर्वराष्ट्रपति बुसले भने- चुनावमा धाँधली भएको छैन, ट्रम्पमाथि परिवारकै पनि दबाब