बिहार चुनावः नितिशकै नरन्तरता, भाजपाको बढ्दो पकडले मोदी उत्साहित – Janadesh Daily | ePaper

बिहार चुनावः नितिशकै नरन्तरता, भाजपाको बढ्दो पकडले मोदी उत्साहित


एजेन्सी ।

भारतको बिहार राज्यमा जनता दल युनाइटेड (एनडीए)को सरकार कायम रहने निश्चित भएको छ । त्यहाँ सम्पन्न विधानसभाको चुनावमा एनडीएले २ सय ४३ मध्ये १ सय २७ सिट जितेपछि नितिश कुमारको सरकारले निरन्तरता पाउने निश्चित भएको हो ।

भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन (एनडीए) मा जनता दल युनाइटेडले ४३ सिट र भारतीय जनता पार्टीले ७४ सिट जितेका छन् ।

बहुमतका लागि चाहिने १ सय २२ सिटको आँकडा पार लगाउँदै भाजपा र जनता दल युनाइटेडको गठबन्धन (एनडीए) को सरकार बन्ने पक्का भएको हो ।

एनडीएका तर्फबाट सातौँ पटक अब नितिश कुमार नै बिहारको मुख्यमन्त्री बन्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

एनडीएको टक्कर दिने महागठबन्धनले १ सय १० सिटमा जित निकालेको छ भने राष्ट्रिय जनता दलले ७५ सिटमा जितेको छ ।

बिहारमा गएको अक्टोवर २८, नोभेम्वर ३ र नोभेम्बर ७ मा तीन चरणमा चुनाव भएको थियो । कोरोना भाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यस पटक केही ढिलाइ भएको निर्वाचन आयोगले जनाएको छ ।

विहार चुनावमा आएको परिणामले भारतीय जनता पार्टी उत्साहित भएको छ । चुनावको नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर बिहारका जनताप्रति आधार व्यक्त गरेका छन् । बिहारका जनताको आशिर्वादबाट एकपटक फेरि लोकतन्त्रको जित भएको उनले उल्लेख गरेका छन् ।

यो जनादेशलाई आत्मनिर्भर बिहारको नयाँ रोडम्यापको संज्ञा दिँदै प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘यो नयाँ दशक बिहारको हुने छ र आत्मनिर्भर बिहार त्यसको रोडम्याप हुने छ ।’

पार्टीगत भोटमा भारतीय जनता पार्टी दोश्रो ठूलो दल बन्न सफल भएपछि मोदी उत्साहित देखिएका हुन् ।

तेजस्वी यादवको राष्ट्रिय जनता दल (आरजेडी) सहितको महागठबन्धनले बहुमत ल्याउन नसकेपनि आरजेडी सबैभन्दा ठूलो पार्टी बनेको छ ।

महागठबन्धनले ११० सिटमा जित हाँसिल गर्दा आरजेडीको खातामा ७५ सिट गयो । भजापाले ७४ तथा जेडीयूले ४३ सिटमा जित हाँसिल गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्