चिसो बढ्यो, काठमाडौंमा आजको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस – Janadesh Daily | ePaper

चिसो बढ्यो, काठमाडौंमा आजको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस


जनादेश, काठमाडौं ।

कात्तिक महिना सकिन लाग्दा देशभर चिसो बढेको छ । कतिपय उच्च पहाडी वा हिमाली जिल्लामा माइनसमा झरेको तापक्रम काठमाडौं उपत्यकामा पनि ओरालो लागिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको तथ्यांकले आज जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ डिग्री सेल्सियस मापन भएको देखाएको छ ।

काठमाडौं उपत्यकामा पनि आज बिहान साढे ६ बजे काठमाडौं उपत्यकाको तापक्रम ८.४ डिग्री सेल्सियस देखिएको छ।

कस्तो होला त तीनको दिनको मौसम

कार्तिक२६गते (बुधबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कार्तिक२७गते (बिहीबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कार्तिक२८गते (शुक्रबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्