अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलः बेल्जियम र पोल्याण्ड विजयी – Janadesh Daily | ePaper

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलः बेल्जियम र पोल्याण्ड विजयी


एजेन्सी ।

मिची बाट्सुयीको दुई गोलको मद्दतमा बेल्जियम अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी भएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बेल्जियम स्विट्जरलयान्डमाथी २–१ गोलले विजयी भएको हो ।

खेलमा सुरुवाती अग्रता भने स्विट्जरलयान्डले लिएको थियो । पहिलो हाफमा लिएको १–० को अग्रतो दोस्रो हाफमा जोगाउन नसक्दा बेल्जियमसँग पराजित हुन पुगेको हो ।

खेलको १२ औं मिनेटमा स्विट्जरलयान्डका एडमिर मेहमेदीले गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा घरेलु टोली बेल्जियमले दुई गोल गर्यो । दोस्रो हाफ सुरु भएको चार मिनेट नबित्दै मिचीको गोलबाट खेल बराबरीमा आएको थियो । उनले टेलेम्यान्सको पासमा गोल गरेका थिए ।

त्यस्तै ७० मिनेटमा मिचीले व्यक्तिगत दोस्रो गोल गरे । उनले दोस्रो गोल फोकेटको पास गर्दै घरेलु टोलीलाई २–१ को पुनरागमन जित दिलाए ।

त्यस्तै अर्को खेलमा पोल्यान्डले युक्रेनलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा पोल्यान्डले युक्रेनमाथी २–० को जित निकालेको छ । पोल्यान्डका लागि पियाटेक र मोडेरले एक एक गेल गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्