एजेन्सी ।
विश्वविजेता फ्रान्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिनल्यान्डसँग पराजित भएको छ । घरेलु मैदानमै फ्रान्स फिनल्यान्डसँग २–० ले पराजित भएको हो ।
फ्रान्ससँग लगातार दबाब झेलेको फिनल्यान्डले २८औं मिनेटमा मार्कुस फोर्सको गोलबाट अग्रता लियो ।
पहिलो गोल गरेको ४ मिनेट नवित्दै ३१औँ मिनेटमा ओन्नी भालाकारीले गोल गर्दै फिनल्याण्डका लागि दोस्रो गोल गर्दै जित दिलाए ।
फिनल्याण्डसँगको हारसँगै फ्रान्सको अपराजित यात्रामा पुर्णविराम लागेको छ । २०१९ मा भएको युरो छनोटमा टर्कीसँग २–० ले पराजित भएयता फ्रान्स पछिल्लो १२ खेलमा अपराजित रहेको थियो ।