कलंकीमा एकाविहानै दुर्घटना, पार्किङ गरेको ट्रकसँग ट्रक ठोक्किँदा ३ जनाको मृत्यु – Janadesh Daily | ePaper

कलंकीमा एकाविहानै दुर्घटना, पार्किङ गरेको ट्रकसँग ट्रक ठोक्किँदा ३ जनाको मृत्यु


जनादेश, काठमाडौं ।
काठमाडौंको कलंकीमा पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

आज बिहान मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनामा बा ५ ख ८८६५ नम्बरको ट्रकमा सवार ३ जनाको मृत्यु भएको हो ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामा, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र एकजना अन्यको सहिद मेरोरियर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते नुवाकोटका विजय तामाङको अवस्था गम्भीर छ ।

दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्