जनादेश, बैतडी ।
बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना यात्रुको ज्यान गएको छ । दार्चुलाको गन्नाबाट छुटेको ना ५ ख ५१४१ न को पवनदुत यातायातको यात्रुवाहक बस बिहीबार राति १० बजे बैतडीको खोडपेमा दुर्घटना हुँदा उक्त हताहती भएको हो ।
घटनास्थलमा राति नै बैतडी प्रहरी उद्धारका लागि पुगेको छ । रातिको समय भएकाले दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी छ । प्रहरीले बसमा ४० जना जति यात्रु भएको आंकलन गरेको छ । बस सडकबाट झण्डै ३ सय मिटर तल खसेकोले बस दुई टुक्रा भएको बताइएको छ । घाइते २९ जनालाइ उद्दारकालागि डडेल्धुरा लगिएको छ ।
रातिको समय भएकाले उद्धार कार्यमा कठिनाइ भएको प्रहरीको भनाई छ । क्षमता भन्दा धेरै यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।