आज नेवारी समूदायको किजा पूजा, देशैभर सार्वजनिक बिदा – Janadesh Daily | ePaper

आज नेवारी समूदायको किजा पूजा, देशैभर सार्वजनिक बिदा


जनादेश, काठमाडौं ।

तिथी घटबढका कारण यस पटक म्ह पूजा, भाइटीका र किजा पूजा पनि फरक समुदायले फरक फरक समयमा मनाएका छन् ।

आज नेवारी समुदायले किजा पूजा गर्दैछन् । नेवार समुदायका कतिपयले आज पनि भाइटीका लगाउँदै छन्।

किजा पूजा र कतिपय नेवार समुदायले आजै भाइटीका लगाउने भएकाले सरकारले आज (मंगलबार) देशैभरी सार्वजनिक बिदासमेत दिएको छ। मन्त्रिपरिषद्को कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाइँन्छ। तर, यस वर्ष तिथि गटबढको कारण कतिपय नेवार समुदायले आज पनि भाइटीका लगाउन लागेका हुन्।

सोमबार म्ह (आत्म) पूजा गरेका नेवार समुदायहरुले आज भाइटीका लगाउन लागेका हुन्।

म्ह पूजादेखि किजा पूजासम्म

विभिन्न मौलिक चाडवाड, सभ्यता तथा संस्कारका धनी नेवाः समूदायले पनि काग तिहार र कुकुर तिहार मनाएतापनि मूल रुपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाईटिका मनाउँदै आएको छ ।

तीन दिन सम्म लगातार रुपमा मनाउँदै आएको कारणले नै स्वन्ति नखः भनिएको हो । नेवा भाषामा स्वन्हु भनेको तीन दिन र नखः भनेको चाँड पर्व हो ।

कृषी प्रधान नेवा समूदायमा यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब-किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरिरलाई पूजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडी बढ्नकालागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ ।

यस दिनमा म्ह पूजाकै दिनमा जस्तै तयार गरि मण्डप लेख्ने गरिन्छ । विमिरोदेखि सबै प्रकारका फलफुल समेत मण्डपमा राख्ने गरिन्छ । नेवाः समुदायमा भने पञ्चरंगी टिका नभई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टिका जसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छि । नेवार समूदायमा म्ह पुजाकै दिनमा जस्तै पूजा आजादेखि सौगन दिने चलन रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्