चैनपुरमा विप्लव समूह र प्रहरीबीच गोली हान-हान, दुई कार्यकर्ता पक्राउ – Janadesh Daily | ePaper

चैनपुरमा विप्लव समूह र प्रहरीबीच गोली हान-हान, दुई कार्यकर्ता पक्राउ


जनादेश, चैनपुर ।

संखुवासभाको चैनपुर नगरपालिकामा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ।

विप्लव कार्यकर्ताको समूहले हवाइ फायर गरेको पछि दोहोरो फायरिङ भएको हो । हवाइ फायर सुनेपछि प्रहरी घटनास्थल पुगेको गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले बताएका छन् ।

सोमबार दिउँसो करिब ११ बजेतिर प्रहरीको गस्ती टोलीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गर्दा केहीबेर गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी नवराज मल्लले जानकारी दिए ।

गोली हानाहानमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएपछि त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

विप्लवनिकट स्रोतले प्रहरीद्वारा आफ्ना २ जना कार्यकर्ता पक्राउ परेको पुष्टि गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्