हारेपछि ट्रम्पले सम्झिए चुनावी वाचा, अफगानिस्तान र इराकबाट सैनिक फिर्ता बोलाउने तयारी – Janadesh Daily | ePaper

हारेपछि ट्रम्पले सम्झिए चुनावी वाचा, अफगानिस्तान र इराकबाट सैनिक फिर्ता बोलाउने तयारी


एजेन्सी ।

चुनावमा पराजित भएर पनि हार स्वीकार नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकमा रहेका थप सैनिक फिर्ता बोलाउने तयारी गरेका छन् ।

ट्रम्पले सैन्य फिर्तीका लागि अधिकारीलाई आदेश दिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै आएका समाचारमा राष्ट्रपति ट्रम्प अफगानिस्तानमा रहेका बाँकी सैनिक मध्येबाट केहीलाई फिर्ता ल्याउने तयारीमा रहेका छन् ।

आउँदो जनवरीको मध्यसम्म अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या २५ सय मा सीमित गर्ने तयारीमा ट्रम्प छन् ।

अहिले अफगानिस्तानमा झण्डै पाँच हजार अमेरिकी सैनिक छन् । इराकमा रहेका तीन हजार सैनिकबाट घटाएर २५ सय बनाइने छ ।

ट्रम्पले यसअघि क्रिसमससम्म सबै सैनिक फिर्ता गर्ने बताउँदै आएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्