अमेरिकामा आँधीको त्रास, थप शक्तिशाली बन्यो आइओता आँधी – Janadesh Daily | ePaper

अमेरिकामा आँधीको त्रास, थप शक्तिशाली बन्यो आइओता आँधी


एजेन्सी ।
आइओता आँधी थप शक्तिशाली बन्दै गएपछि अमेरिकी क्षेत्रमा आँधीको त्रास बढेको छ । दुई हप्ता भन्दा कम समयअघि पनि सो क्षेत्रमा आइओता आँधीले जनजीवन प्रभावित पारेको थियो ।

मध्य अमेरिका तर्फ सोझिएको आइओता आँधी अहिले २६० किलोमिटर प्रतिघण्टा गतिको वायुसहित मध्य अमेरिकी क्षेत्रमा अघि बढिरहेको छ ।

स्थानीय समय अनुसार सोमबार बेलुका आइओता आँधी निकारागुवाको ग्रामीण पूर्वी तटीय क्षेत्रमा ठोक्किएको छ ।

छिमेकी देश होण्डुरसका राष्ट्रपति ख्वान ओरलाण्डो हेर्नान्डेजले आफ्नो नजिक ‘बम’ आउँदै गरेको जस्तो भइरहेको बताएका छन् ।

एट्लान्टिक महासागर क्षेत्रमा यो वर्षको सबैभन्दा शक्तिशाली आँधी हो आइओता । आइओता अहिले क्याटगोरी फाइभको आँधी छ । यो क्षेत्रमा यसअघि सन् १९९२ मा यो तहको आँधी आएको थियो ।

एता आँधीका कारण मध्य अमेरिकी क्षेत्रका हजारौँ किसानले लगाएको बाली नष्ट भएको थियो र अझै पनि केही क्षेत्र जलमग्न छन् ।

मध्य अमेरिका पुग्नु पूर्व आइओता आँधी क्यारबियन क्षेत्रमा रहेको कोलम्बियन आइल्याण्ड प्रोविडेन्सिया हुँदै गुज्रेको थियो । त्यहाँ आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको थियो ।

कोलम्बियाका राष्ट्रपति इभान डुक्युएले आइल्याण्डमा आँधीका कारण थाहा भए भन्दा ठूलो क्षति भएको हुन सक्ने बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्