प्रिमियर लिग फुटबल सिटीलाई २ शून्यले हराउँदै टोटेनहम शीर्ष स्थानमा – Janadesh Daily | ePaper

प्रिमियर लिग फुटबल सिटीलाई २ शून्यले हराउँदै टोटेनहम शीर्ष स्थानमा


एजेन्सी ।

म्यान्चेष्टर सिटीमाथि २–० गोलको जित हात पार्दै टोटेनहम प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ ।

सिटीले बल पोजिसन र गोलको धेरै अवसर सिर्जना गरेपनि टोटेनहमले खेलमा बाजी मार्यो । सन ह्युङ मिन र वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जियोवानी लो सेलोले घरेलु टोलीलाई जित दिलाउन एक एक गोल गरे ।

टोटेनहमले लिगमा लगातार चार खेलमा जित निकालेको हो ।

खेलको पाँचौ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६५ औं मिनेटमा ह्यारी केनको पासलाई सदुपयोग गर्दै जियोवानी लो सेलोले घरेलु टोलीका लागि दोस्रो गोल गरेका थिए ।

दुवै टोलीका पहिलो हाफमा गरिएका गोललाई रेफ्रीले अफसाईड दिएका थिए । ह्यारी केनले अफ साईड विट गर्दै गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । ग्याब्रियल जिससले डिबक्स भित्रबाट गरेको गोललाई रेफ्रीले ह्यान्ड बल भनिदिए ।

टोटेनहमले प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटीसंग २ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको टोटेनहमले २० अंक जोडेको छ । पराजित सिटी तालिकाको १० औं स्थानमा छ ।

शनिबारनै भएको अघिल्लो खेलमा न्युक्यासललाई हराउँदै चेल्सी केही घण्टा लिगको शीर्ष स्थानमा उक्लिएको थियो । लेस्टरलाई आईतबार राति एनफिल्डमा लिभरपुलविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा उक्लिने मौका रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्