कोरोनाका कारण असमका पूर्वमुख्यमन्त्री गोगोईको अवस्था गम्भीर – Janadesh Daily | ePaper

कोरोनाका कारण असमका पूर्वमुख्यमन्त्री गोगोईको अवस्था गम्भीर


एजेन्सी ।

भारतको असममा पूर्वमुख्यमन्त्री तरुण गोगोईको स्वास्थ्य अवस्था कोरोनाका कारण गम्भीर बन्न पुगेको छ ।

उनलाई भेन्टिलेटरमा राखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गोगोईलाई गत अगष्टमा कोरोना संक्रमण भएकोमा निको भइसकेको थियो।

असमका स्वास्थ्यमन्त्री हेमन्त विश्वाले शनिबार सास फेर्न कठिनाइ भएपछि उनलाई अस्पताल भर्ना गरिएको र भेन्टिलेटरमा राखिएको बताए। उनका छोरा गौरव गोगोईले पनि ट्वीट गर्दै आफ्ना पिताको स्वास्थ्यमा समस्या आएको जानकारी दिएका थिए।

८६ वर्षीय गोगोईलाई पिसाबसम्बन्धी समस्या आएपछि २ नोभेम्बरमा गुहावटी मेडिकल कलेजमा भर्ना गरिएको थियो।

उनी ३ पटकसम्म असमका मुख्यमन्त्री बनेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्