इटालियन सिरी एः युभेन्टसले जित्दा रोनाल्डोको दुई गोल – Janadesh Daily | ePaper

इटालियन सिरी एः युभेन्टसले जित्दा रोनाल्डोको दुई गोल


एजेन्सी ।

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै साबिक विजेता युभेन्टसले शीर्ष स्थानको एसी मिलानसँग अंक दूरी एकमा झारेको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले काग्लिएरीलाई २–० ले पराजित गरेको हो । युभेन्टसको जितमा दुवै गोल क्रिष्टियानो रोनाल्डोले गरेका हुन् । उनले ३८ र ४२ औँ मिनेटमा गोल गरेका हुन् । रोनाल्डोल अहिलेसम्म यो सिजन सिरी ए मा खेलेका पाँचै खेलमा गोल गरेका छन् ।

जितपछि दोस्रो स्थानको युभेन्टसको ८ खेलबाट १६ अंक भएको छ । शीर्ष स्थानको एसी मिलानको सात खेलबाट १७ अंक छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्