कोरोना महामारीः विश्वमा २४ घण्टामा थपिए साढे ५ लाख संक्रमित, झण्डै ९ हजारको मृत्यु – Janadesh Daily | ePaper

कोरोना महामारीः विश्वमा २४ घण्टामा थपिए साढे ५ लाख संक्रमित, झण्डै ९ हजारको मृत्यु


एजेन्सी ।

चिसो मौसम बढेसँगै विश्वमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढीरहेको छ । विश्‍वमा २४ घण्टामा साढे ५ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

२४ घण्टामा पाँच लाख ६७ हजार १८८ कोरोना संक्रमित थपिएका छन् भन् यही अवधिमा कोभिड-१९ का कारण आठ हजार ८५२ जनाको ज्यान गएको छ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म विश्‍वमा कोरोना भाइरस संक्रमितको कुल संख्या पाँच करोड ८४ लाख ६६ हजार १८३ पुगेको छ। संक्रमित भएका मध्ये १३ लाख ८५ हजार ७०८ जनाको मृत्यु भएको छ।

अहिलेसम्म चार करोड चार लाख ५१ हजार ७७५ जना संक्रमणमुक्त भएका छन्। अहिले विश्‍वमा एक करोड ६६ लाख २८ हजार ७०० सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख दुई हजार ३६९ जना गम्भीर बिरामी छन्।

भारतमा संक्रमित संख्या ९० लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४५ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ९५ हजार ९०८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८५ लाख २० हजार ३९ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४९९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार २६३ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्