कोरोना संक्रमण बढेपछि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यु – Janadesh Daily | ePaper

कोरोना संक्रमण बढेपछि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यु


एजेन्सी ।

कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेपछि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू जारी भएको छ । क्यालिफोर्निया राज्य सरकारले शनिबारदेखि रातिको समयमा कर्फ्यू लागु भएको जनाएको छ ।

गएको अगस्टमा पश्चिमी राज्यमा सबैभन्दा धेरै संक्रमण देखिएको थियो । तर अहिले त्यो भन्दा पनि धेरै संक्रमण दैनिक रुपमा देखिन लागेको छ ।

अमेरिकाभर शनिबार कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या दुई हजार भन्दा बढि रह्यो । गएको मे यता पहिलो पटक एकै दिन दुई हजार भन्दा धेरैको ज्यान गएको हो ।

विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड २० लाख भन्दा धेरै पुगेको छ । अहिलेसक्क दुई लाख ५५ हजार भन्दा बढिको ज्यान गएको छ ।

अधिकांश राज्यहरुमा संक्रमण बढ्दो क्रममा छ । विभिन्न राज्यहरुले मास्क लगाउनु अनिवार्य गरेका छन् ।

क्यालिफोर्नियामा गएको हप्ता कुल संक्रमितको संख्या १० लाख नाघ्यो । यसअघि टेक्सासमा संक्रमितको संख्या १० लाख भन्दा धेरै पुगेको थियो ।

शनिबारदेखि स्थानीय समय अनुसार राति १० बजेदेखि बिहान पाँच बजेसम्म कर्फ्यू जारी रहने छ। यो क्रम आउँदो डिसेम्बर २१ सम्म कायम हुने र आवश्यक परेको अवस्थामा बढ्न पनि सक्ने राज्यका अधिकारीले बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्